सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टचारी र ठेकेदार माथि बिशेष अप्रेशन सुरु गर्दै गृहमन्त्री बादल

भ्रष्टचारी र ठेकेदार माथि बिशेष अप्रेशन सुरु गर्दै गृहमन्त्री बादल

यातायात क्षेत्रको सिण्डिकेट बिरुद् खरो रुपमा उत्रिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यति खेर काम नगर्ने ठेकेदार माथि प्रहार गर्न थालेका छन् । गृहमन्त्री बादलले तस्कर र भ्रष्टाचारी विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । चितवनमा नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई उदघाटन गर्दै मन्त्री थापाले निर्माणको जिम्मा लिने तर समयमै काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न पत्रकारहरुलाई आह्वान समेत गरे ।
गृहमन्त्री बादलले ‘विकास गर्छु भनेर ठेक्का लिने तर समयमा काम नगरी बेबारिने छोड्ने यी दलाल समेत रहेको उनको आरोप छ । यस्ता ठेकेदार तस्कर र देशको समृद्धिको बाधक भएको भन्दै आक्रोश पोखे । विकास र समृद्धिको पक्षमा इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरुलाई सरकारले आवश्यक सहयोग पनि गर्ने गृहमन्त्री थापाको भनाइ छ ।
तस्कर र भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गर्दै उनले श्रम नगरी अकुत सम्पती आर्जन गर्ने र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको बताए । उनले विकास र समृद्धिको लागि सरकारले नीति नियम बनाइरहेको जानकारी पनि दिए । डेढ दशकभित्र मुलुक समृद्ध बनाउने र विगतका बेथिति अन्त्य गर्ने योजनाका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ । लोकतन्त्र उल्टाउनका लागि केही व्यक्तिहरुले अझै पनि षडयन्त्र गरिरहेको बताउँदै मन्त्री थापाले लोकतन्त्रको सुरक्षाका लागि सन्चारकर्मीहरुलाई चनाखो हुन आग्रह गरे । गृहमन्त्री थापाले ‘भ्रष्टहरुको अप्रेशन गर्न जरुरी रहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend