सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै

संघीय समाजवादी फोरमले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै

बर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा जाने मन्त्रीको नाम छिनोफानो गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा पार्टीबाट दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सामेल हुने बताईएको छ । पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भए पनि कसलाई पठाउने भन्ने विषयमा हम्मे हम्मे परेको नेताहरुको भनाई छ । मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई मन्त्री छान्न गाह्रो भएको हो । मन्त्रीको नाम छिनो फानो भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने फोरमको तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend