नेपाल सरकारले आगामी आर्थिक वर्षमा स्वदेशमै रोजगारी सिर्जना गर्नेे प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न बताएको छ । बेरोजगारी समस्या बढदै गईरहेको वेला अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७५।७६ को बजेट प्रस्तुत गर्दै यस्तो कुरा बताएका हुन । युवालाई स्वरोजगार बनाउने उद्देश्यले स्नातक गरेका युवलाई शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा दिइने भएको छ । प्रमाणपत्र धितो राखी ७ लाख रुपैयाँसम्म ऋण दिइने व्यवस्था गरिने भएको छ । यसैगरी, हरेक स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend