शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेता भीम रावलले प्रधानमन्त्रीलाई प्रश्न गदै गरे यस्तो ट्वीट, एकछिनमै भयो भाईरल

एमाले नेता भीम रावलले प्रधानमन्त्रीलाई प्रश्न गदै गरे यस्तो ट्वीट, एकछिनमै भयो भाईरल

 

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाएका छन ।

राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा रावलले आलोचना गर्दै कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोपको याचना गर्नु संविधानको उल्लंघन हो भनेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन् ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो ।’

प्रधानमन्त्री र सरकार निकम्मा भएको हो ? रावलको प्रश्न छ, ‘यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ ।’

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend