सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको प्रश्न भुँइमा खस्न नपाउँदै नेता रावलले दिए यस्तो जवाफ

प्रधानमन्त्री ओलीको प्रश्न भुँइमा खस्न नपाउँदै नेता रावलले दिए यस्तो जवाफ

काठमाडौं ।  पूर्व गृहमन्त्रीसमेत रहेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै मुलुकमा अनिष्ट निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन्।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार मन्तव्यका क्रममा पार्टीभित्रैका नेताले देशका लागि ठूलो अनिष्ट हुने काम गरिरहेको आरोप लगाएपछि पूर्व गृहमन्त्रीसमेत रहेका नेता रावलले सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन्।

‘राष्ट्रपतिसँग मिलिमतो गरी संविधान मिच्दै पटकपटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने, राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रम केपीले नै अनिष्टको काम गरेको ठहर्छ,’ नेता रावलले लेखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend