काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितका नेताले जारी गरेको वक्तव्यमा माधव कुमार नेपालको हस्ताक्षर अनाधिकृत भएको टिप्पणी गरेका छन् ।
उनले एमालेको वरिष्ठ नेताको दर्जामा नेता नेपाल नरहेको र हस्ताक्षर गर्दै हिँड्न पार्टीले उनलाई नखटाएको समेत बताएका छन् ।
उनले भनेका छन्,विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend