काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूले कारवाही गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति थप आर्कोशित बनेका छन । तेस्रो महिला अधिकार दिवसलाई सम्बोधन गर्दै ओलीले नेपालले संसदीय मर्यादा नाघेको भन्दै आक्रोश व्यक्त गरेका हुन । उनले संसदीय मर्यादा नाघेर नेपालले सरकारका विरुद्ध अविश्वास र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेको बताए। नेपाल समूहका नेताहरुले खाएको शपथभित्र कपट लुकेको ओलीको आरोप थियो। माथिबाटै धमिलो पानी बगाउने काममा नेपाल लागेको ओलीको आरोप छ। ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै विरोध गरेका छन्। उनले राष्ट्रपतिलाई अश्लिल रुपमा आलोचना गरेको आरोप लगाए। उनले आफू नेतृत्वको सरकार महिला हिसांका घटना नियन्त्रणका लागि संवेदनशील भएको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend