फाइल तस्वीर
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे,घनश्याम भुसालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो । आजको बैठकमा १२ जनालाई कारबाही गर्ने तयारी भएको बुझिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend