सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बजेट मतदातालाई ललिपप बाँडेको जस्तै देखियोः बाबुराम भट्टराई

बजेट मतदातालाई ललिपप बाँडेको जस्तै देखियोः बाबुराम भट्टराई

काठमाडौं । जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको तर्क गरेका छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसँगै उनले सामाजिक सञ्जालमार्फत् यो सिधासाधा मतदातालाई ललिपप बाँडेकोजस्तै देखिएको बताए।

पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो, उनले लेखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend