सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बजेट कार्यान्वयन हुन नसक्ने भन्दै पूर्वअर्थमन्त्री महतले गरे यस्तो टिप्पणी

बजेट कार्यान्वयन हुन नसक्ने भन्दै पूर्वअर्थमन्त्री महतले गरे यस्तो टिप्पणी

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले कामचलाउ सरकारले राजनीतिक स्वार्थपूर्तिमा लक्षित गरेर बजेट ल्याएको आरोप लगाएका छन्।

सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्वअर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हु्न्। उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरेका छन्।

ुकामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै छैन। सरकारविरुद्द सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। अध्यादेशबाट बजेट ल्याउन हुँदैन भनी विज्ञहरुले भनेको पनि यो सरकारले सुनेन, उनले भने। पूर्वअर्थमन्त्री महतले यो प्रचारमुखी बजेट भएको र चुनावलाई लक्षित गरेर कार्यक्रमहरु राखिएको बताए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend