सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यस्तो छ, मुख्य सचिवदेखि खरिदारसम्मको नयाँ तलब

यस्तो छ, मुख्य सचिवदेखि खरिदारसम्मको नयाँ तलब

 

 

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशमार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँले  बढाएको छ ।
निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय ३६ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा तल्लो तह खरिदारको तलब २८ हजार ६ सय चार रुपैयाँ हुनेछ । कर्मचारीको तलब भत्ता के कति बढ्छ भन्ने कुरा बजेट भाषण आउनु अघि  चासोको बिषयले हेरिएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले यसअघि अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७३–७४ मा पनि कर्मचारीको तलब वृद्धि गरेका थिए । जसले गर्दा उनी अर्थशास्त्री नभए पनि लोकप्रिय अर्थमन्त्रीका रुपमा चिनिन्छन् ।

 

पद विद्यमान तलब नयाँ आर्थिक वर्षदेखि
मुख्य सचिव ६५१३६ ६७१३६
सचिव ६०६७६ ६२६७६
सहसचिव ४७३७७ ४९३७७
उपसचिव ४०३८० ४२३८०
शाखा अधिकृत ३५९९० ३७९९०
नायब सुब्बा (अतिरिक्त तलबमान) ३०८१६ ३२८१६
नायब सुब्बा २८२०० ३०२००
खरिदार (अतिरिक्त तलबमान) २७५६४ २९५६४
खरिदार २६६०४ २८६०४

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend