सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गृहमन्त्री थापाले हाता पारे काम नगर्ने तीन सय निर्माण ठेकेदारको बिवरण, ठग व्यवसायीलाई कडा रुपमा कारबार्ही गर्ने तयारी

गृहमन्त्री थापाले हाता पारे काम नगर्ने तीन सय निर्माण ठेकेदारको बिवरण, ठग व्यवसायीलाई कडा रुपमा कारबार्ही गर्ने तयारी

यातायात क्षेत्रको सिण्डिकेट बिरुद्घ कडा रुपमा उत्रिउका गृहमन्त्री रामबहादुर थापा बादल अहिले निर्माण व्यवसायीमाथि खरो रुपमा उत्रिएका छन् । केही दिन अघि समयमा काम नसिधाई काम बेबारिसे राखेको भन्दै दर्जनौ निर्माण व्यवसायीलाई प्रक्राउ समेत गरे । कामको जिम्मा लिएर समयमा काम नगर्नेलाई कडा रुपमा कारबार्ही गर्ने चेतावनी दिदै आएका छन् । साथै गृहमन्त्री थापाले सिडिओ कार्यालय काठमाडौँबाट ५ सय भन्दा बढी निर्माण व्यवसायीको विवरण समेत ल्याएका छन् ।
सिडिओ कार्यालयले बुझाएको विवरण अनुसार अहिलेसम्म विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायी मध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको देखिएको छ । तीन सय व्यवसायीले निधारित समयमा काम सम्पन्न नगरेको पाईएको छ । निर्माण ठेकेदारले समयमा नै काम सम्पन्न नगरेको रेकर्ड गृहमा आइसकेको स्रोतले बताएको छ । अव त्यता ठेकेदार माथि सरकार कडा रुपमा उत्रिने भएको छ । गृहमन्त्री थापाले समयमा नै काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई पक्राउ गर्ने समेत निर्देशन दिएका छन् । त्यसै अनुरुप रुपन्देही, कास्की, झापा लगायत जिल्लामा दर्जनौ व्यवसायीहरु पक्राउ समेत परे । राजधानीमा पनि समयमा नै निर्माण सम्पन्न नगर्ने व्यवसायीलाई पक्राउ गर्ने सरकारको तयारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend