सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बाँझो जमिन निजी क्षेत्रलाई प्रयोग गर्न दिइने

बाँझो जमिन निजी क्षेत्रलाई प्रयोग गर्न दिइने

काठमाडौं । सरकारले नेपालमा रहेका बाँझो जमिनलाई व्यावसायिक कृषिका लागि निजी क्षेत्रलाई उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण सुनाउने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले नेपालका विभिन्न ठाउँमा रहेका बाँझो जमिनलाई निजी क्षेत्रलाई उपयोग गर्न दिइने बताए ।

बाँझो जमिनलाई व्यावसायिक कृषि गर्ने उद्देश्यले व्यावसायिक तथा निजी क्षेत्रलाई निश्चित मापदण्ड बनाएर प्रयोग गर्न दिइने उनले बताए । यसका लागि सरकारले बजेट विनियोजन समेत गरेको उनले जानकारी दिए । त्यस्तै विद्यमान कृषि अनुदानको व्यवस्थालाई संशोधन गरी अहिलेको आवश्यकताअनुसार वास्तविक कृषक तथा कृषि व्यवसायीलाई हित हुने गरी नीति निर्माण गरिने समेत उनले बताएका छन् ।

कृषि क्षेत्रलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउनका लागि प्रधानमन्त्री कृषि आयोजनालाई थप प्रभावकारी बनाउने गरी थप ७१ वटा जोन थप गरिएको समेत अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend