शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

झापा संघर्षका मुख्य तीन नेता गणतन्त्रविरोधीः वामदेव गौतम

झापा संघर्षका मुख्य तीन नेता गणतन्त्रविरोधीः वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायक भएको बताएका छन ।

१४औँ गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा यस्तो बताइएको छ । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइ तत्कालीन एमालेको गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेताविरुद्धमा रहेको दाबी गरेका छन् ।

गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।

गौतमले भनेका छन्,“बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको कन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए ।”

गौतमले झापा संघर्षका मुख्यतः तीन नेता भनेर ओली, सिपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend