श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणको सिण्डिकेट तोडेर चर्चामा छन् । वैदेशिक रोजगारको क्षेत्रमा देखा परेका बिकृत्ती सवै अन्त्य गर्ने बताउँदै आएका छन् । मन्त्री बिष्टले स्वास्थ्य परिक्षणमा देखिएको सिण्डिकेट पछि मेनपावरको धरौटी बढाउने तयारी गरेका छन् । मन्त्री भए देखी वैदेशिक रोजगार व्यवसायीलाई औपचारिक रुपमा नभेटेका मन्त्री बिष्टले व्यवसायीलाई बोलाएर धरौटी बढाउने सकेत गरेका हुन् । साथै व्यवसायीको राय पनि लिएका छन् । मेनपावर व्यवसायीहरुबीच वैदेशिक रोजगारको पछिल्लो अवस्थाको बारे छलफल भएको छ ।
मेनपावरहरुलाई कानुनी दायरामा ल्याउन र ठगि नियन्त्रण गर्न धरौटी बढाउन लागिएको मन्त्री बिष्टको भनाई छ । मन्त्रीको यो भनाई पछि ठुला व्यवसायी र साना व्यवसायी दुई खेमामा उभिएका छन् । ठुला धेरै पैसा कमाएका मेनपावर व्यवसायी जतिसको धेरै धरौटी बनाउन मन्त्रीलाई दवाब दिएका छन् भने साना व्यवसायी नत मन्त्रीलाई नै भेटेर आफना कुरा राख्न सकेका छन् नत कुनै निर्णय लिन । अहिले साना मेनपावर व्यवसायी अलमलमा परेका छन् भने ठुला व्यवसायीमा भने खुर्सीयाली छाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend