शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधिका कारण गणतन्त्र, संविधान र संघीयता खतरामा परेको डा कोइरालाको दाबी

राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधिका कारण गणतन्त्र, संविधान र संघीयता खतरामा परेको डा कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको दावी गरेका छन् ।

चौधौं गणतन्त्र दिवसको अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले अहिले सम्म प्राप्त उपलव्धि रक्षार्थ उभिनका लागि सबैमा आग्रह गरेका छन् ।

उनले भनेका छन्,पछिल्ला दिनहरुमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको छ। यसको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई आग्रह गर्दछु।”

गणतन्त्र दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु।
पछिल्ला दिनहरुमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको छ। यसको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई आग्रह गर्दछु।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend