फाईल तस्बिर
जनकपुरधाम । महोत्तरीस्थित एक होटलमा आगलागी भएको छ । आगलागी हुँदा करिब १० लाख बराबरको क्षति भएको जनाइएको छ । बर्दिवास नगरपालिका–१४ स्थित रहेको गौतम होटलमा विद्युतीय तार सर्ट भई आगलागी भएको हो । आगलागी हुँदा होटलको विभिन्न सामान जलेश नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
शुक्रबार बिहान होटलमा भएको आगलागी करिब आधा घण्टापश्चात् नियन्त्रणमा आएको थियो। इलाका प्रहरी कार्यालय बर्दिवास तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको पवक्ता विष्टले बताए।
आगलागीमा ४ वटा एसी पंखा, फर्निचरको सामान, कपडाको पर्दा र माथिल्लो तलाको फ्ल्याट कोठा जलेर नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend