शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

संसद पुनःस्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुने कमल थापाको ठोकुवा

संसद पुनःस्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुने कमल थापाको ठोकुवा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद पुनःस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले ओलीलाई हटाउने उपयुक्त बाटो चुनाव नै भएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा प्रधानमन्त्रीको पक्ष लियो भन्छन् तर ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनःस्थापना भएमा पुनः ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend