काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःस्थापित प्रतिनिधि सभाको ३ महिनाको अनुभवले राजनीतिक स्थायित्व दिन नसकेपछि प्रतिनिधि सभा विघटनको निर्णय गरिएको बताएका छन् ।
शुक्रवार साझ राष्ट्रका नाममा सम्वोधन गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा जानु बाध्य भएको बताएका हुन् । उनले सर्वोच्च अदालतले गरेको फैसला अनुसार सबै प्रक्रिया पूरा गरिएको दावी गरे ।
प्रतिनिधि सभालाई अकर्मण्य गर्दै लगेपछि गत पुसमा प्रतिनिधि सभा विघटन गरेको थिए । सर्वोच्चको फैसलाको कार्यान्वयन गरियो । यसबीचमा प्रतिनिधि सभालाई पूर्ण अवधी संचालन गर्न प्रयास गरेपनि ३ महिनाको अनुभवले राजनीतिक स्थायित्व गर्न देखिएन’ ओलीले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend