शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसालमाथि कडा आलोचना र उनको पोल यसरी खोले

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसालमाथि कडा आलोचना र उनको पोल यसरी खोले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसालमाथि पार्टीमा सधैँ गडबडी गरेको भन्दै कटाक्ष गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत भुसाल सधैँ पार्टी फुटाउने गतिविधिमा लागेको आरोप लगाएका छन् । भुसालले जहिले पनि पार्टी प्रमुखका विरुद्धमा पार्टीको दोस्रो खेमाका नेताहरुलाई साथ दिँदै गडबडी गरेको थापाको आरोप छ ।

भुसाल झलनाथ खनाल महासचिव हुँदा सिपी मैनालीको पक्षमा, मदन भण्डारीको विचारविरुद्ध सिपी झलनाथको पक्षमा, माधव नेपालविरुद्ध वामदेव(सिपी, माधवविरुद्ध झलनाथ र केपी ओलीविरुद्ध माधव(प्रचण्ड समूहमा लागेको थापाको आरोप छ ।

सधैँ सिद्धान्तहीन गुटको पछि लागेर भुसालले पार्टीमा गडबडी गर्ने गरेको थापाको आरोप छ । यसअघि, वामदेव गौतमले पार्टी फुटाउँदा उग्र सहयोगी बनेर दुई वर्ष नबित्दै तेस्रो धारको अभियानकर्ता बनेको पनि थापाले आरोप लगाए ।

पार्टीमा सधैँ गडबडी गर्ने गरेका भुसालको इतर पक्षमा लाग्नु नै पार्टी बनाउने मौलिक बानी हो भन्दै थापाले प्रश्न पनि गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend