शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राजनीतिमा उथलपुथल ल्याउने गरी एका बिहानै डा बाबुराम भट्टराईले गरे यस्तो कडा ट्विट

राजनीतिमा उथलपुथल ल्याउने गरी एका बिहानै डा बाबुराम भट्टराईले गरे यस्तो कडा ट्विट

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान मास्न खोज्ने शक्तिको मतियार नबन्न आफ्ना पार्टीका नेतालाई आग्रह गरेका छन्।

नेपालको संविधानलाई आधा भरी आधा खाली गिलास भन्दै उनले आफूहरु पूरै भर्न हिँडेको उल्लेख गर्दै अहिले पूरै खाली गर्न खोज्ने शक्तिको मतियार आफ्नो पार्टी बन्न नसक्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेको छन्, ‘जसपाका नेता साथीहरूको स्मरणार्थः यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिडेँका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्न सक्दैनौं।’

जसपा कुनै क्षेत्र तथा जाति विशेषको पार्टी नभई हिमाल, पहाड तथा मधेस जोड्ने बैकल्पिक शक्ति रहेको उनको भनाइ छ।

‘जसपा हिमाल र पहाड र मधेस जोड्ने वैकल्पिक शक्ति हो,’ उनले भनेका छन्, ‘कुनै एक क्षेत्र र जातिमा सीमित पुरानैको डुप्लिकेट हैन।’

त्यसैगरी जसपाको कसैको इसारमा नचल्ने बताउँदै उनले अगाडि लेखेका छन्, ‘हामी सबैका मित्र हौं, कसैका दास हैनौं !
पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी फुटको संघारमा पुगेको अवस्थामा भट्टराईको यस्तो भनाइ आएको हो।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि जसपा स्पस्ट दुई खेमामा देखिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता भट्टराई समूह विपक्षी गठबन्धनमा सहभागी छ भने अर्का अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतोलगायत नेता प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend