सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दोस्रो पटकको संसद विघटनपछि भारतले नेपालको घटनाक्रम नोट गरेको बताउँदै पहिलो पटक दियो यस्तो प्रतिक्रिया

दोस्रो पटकको संसद विघटनपछि भारतले नेपालको घटनाक्रम नोट गरेको बताउँदै पहिलो पटक दियो यस्तो प्रतिक्रिया

काठमाडौं । भारतले नेपालको राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नेपालमा दोस्रो पटक संसद विघटन लगायतका घटनाक्रम पछि भारतले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले नेपालको घटनाक्रम नोट गरेको बताएका छन् । उनले पत्रकारहरुको प्रश्नमा घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाबाट उनीहरुले नै समाधान गर्ने विषय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो।’ त्यस्तै उनले नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend