शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

११ जनालाई एमाले पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

११ जनालाई एमाले पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । नेकपा एमालेले आज पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण बुधबारमात्रै पठाउने भएको हो ।

एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो । बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार बुधबार पत्र पठाउन लागिएको एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठकले सोमबार निर्णय गरेको भएपनि पत्र तयार पार्न समय लागेकाले बुधबारमात्रै स्पष्टीकरणको पत्र पठाउन लागिएको तामाङको भनाइ छ । ‘पत्र तयार भएपछि आज पार्टी अध्यक्षले सहि गर्नुहुन्छ अनि पठाउँछौ’, तामाङले भने, ‘ सवै उपाय अपनाएर इमेल, भाइबर र हार्ड कपि पठाउँछौ ।’

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend