शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

स्पष्टीकरण सोध्न भन्दै जसपा अध्यक्ष ठाकुरले दिए अर्का अध्यक्ष यादवलाई तीन दिनको समय

स्पष्टीकरण सोध्न भन्दै जसपा अध्यक्ष ठाकुरले दिए अर्का अध्यक्ष यादवलाई तीन दिनको समय

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् ।

उनले विगत केही दिनहरुमा तपाइँको काम कारबाही र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरित भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् ।

उनले विभिन्न ७ वटा विषयहरुको तीन दिनभित्र पार्टी कार्यालयमा जवाफ पठाउन भनेका छन् ।

मंगलबार सोधिएको स्पष्टीकरणमा गुटगत बैठक, लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरुमाथिको कारबाही, सर्वोच्च अदालतमा पार्टी निर्णयविना गठबन्धनको रिटमा हस्ताक्षर गरेको लगायतका विषयमा जवाफ माग गरिएको छ ।

यस्तो छ पत्र

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend