शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भीम रावल, चित्रबहादुर केसी, बिजुक्छे र बिप्लवलाई दिए पूर्वमन्त्री प्रभु साहले मुखै भरीको जवाफ

भीम रावल, चित्रबहादुर केसी, बिजुक्छे र बिप्लवलाई दिए पूर्वमन्त्री प्रभु साहले मुखै भरीको जवाफ

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नागरिकता अध्यादेशको विरोध गर्नेहरू राष्ट्रघाती भएको बताएका छन्। नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेको उनले बताए। साहले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशमा राष्ट्रघात देखाएर देशलाई गुमराह गर्ने र धमिलो पानीमा माछा मार्न खोजेको बताए।

संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसम्मत निर्णयअनुरूप आएको अध्यादेशलाई विवादित र बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौंलाई आफ्नै देशमा शरणार्थी बनाउने दुष्कर्मको प्रयास भएको नेता साहले बताए। आफ्नै देशको जनतालाई संविधानतः नागरिकता वितरण गर्ने कार्यलाई नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजीकरण हुने भनेर अनर्गल दुष्प्रचार गर्नेहरू नश्लवादी लम्पट भएको उनले बताए।

कानुन अभावमा वर्षौंदेखि अनागरिक महसुस गरिरहेकाहरूले नागरिकता पाउन लाग्दा यसलाई निरन्तर रोकिरहनेहरूको स्वार्थ पुर्ति नहुने देखिएपछि विषयान्तर गरेर देशमा साम्प्रदायिकता भड्काउन खोजिएको भन्दै नेता साह आक्रोशित बनेका छन्। अध्यादेशको विरोध गर्नु नश्लवादी अहंकारमा लिप्त लम्पट जनविरोधी हर्कत भएको भन्दै उनले यसबारे प्रस्ट हुन सबैलाई अनुरोधसमेत गरेका छन्।

ुसंवैधानिक व्यवस्थाको बाबजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं युवायुवतीलाई नागरिकताबाट वञ्चित गराई सत्ता स्वार्थसिद्ध गर्न लामो समयसम्म अनागरिक बनाईं राख्ने षड्यन्त्र विफल पार्न अध्यादेश जारी भएको उनले बताए।यो अध्यादेशको विरोध गर्नु अज्ञानता मात्र नभई कि नश्लवादी अहंकारमा लिप्त लम्पट जनविरोधी हर्कत भएको पूर्वमन्त्री साहको टिप्पणी थियो।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend