शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बिरामी बोक्नुपर्ने एम्बुलेन्सले कसैले सोच्नै नसकेको यस्तो अवैध धन्दा गरेपछि परे सबै चकित !

बिरामी बोक्नुपर्ने एम्बुलेन्सले कसैले सोच्नै नसकेको यस्तो अवैध धन्दा गरेपछि परे सबै चकित !

फाईल तस्बिर

काठमाडौं । बिरामी बोक्नुपर्ने एम्बुलेन्समा गाँजा भेटिएको छ । इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

उनले भने, “एम्बुलेन्सलाई शंका लागेर जाँच गर्दा पछाडी भागमा २५ केजीका चार झोलामा १०० किलो गाँजा फेला पर्‍यो ।”

एम्बुलेन्स चालक धरान उपमहानगरपालिका –१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा शहीदभूमि गाउँपालिका १ घर भई हाल धरान उपमहानगरपालिका –११ बस्नेत २८ वर्षीय पोषण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतबाट आज लागूऔषध मुद्दामा उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले अभियुक्तले अवैध सो लागूपदार्थ धनकुटाबाट भारतमा बेच्न लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend