सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप लम्बियो

अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप लम्बियो

बुटवल । अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै जेष्ठ १० जारी निषेधाज्ञा थप गरेका हुन् । अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० सम्मलाई निषेधाज्ञा लागु गरिएको बताइएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले समुदाय स्तरमा संक्रमणको न्यूनिकरणका लागि निषेधाज्ञा आवश्यक रहेको भन्दै थप गर्न सिफारिस गरेको थियो ।

केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलले २० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । जिल्लामा पछिल्लो समय कोरोना सक्रमितको सङ्ख्या बढिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend