काठमाडौं । आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । हाल जारी निषेधाज्ञा दुईदिनमा सकिँदै छ । त्यसैले निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको बताईएको छ ।
सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन नयाँ अध्यादेश अनुसार प्रभावकारी रुपमा यसलाई कार्यान्वयन गर्दै लगिने बताईएको छ । नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ । नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीका अनुसार एक साता निषेधाज्ञा थप गरिने अनुमान गरिएको छ । अबको एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गर्दा कोरोनाको चेन ब्रेक हुनसक्न प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend