फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘संविधानको जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई बंशजको नागरिकता दिने कथित प्रावधानलाई आधार बनाएर जारी गरिएको अध्यादेशलाई सही मान्न नसकिने’ बताएका छन्। संविधान तथा अध्यादेशले २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्म भएका अंगीकृत नागरिकका सन्तानलाई ‘बंशजको नागरिकता’ दिने सम्बन्धी व्यवस्था गलत रहेको उनले बताए। नागरिकतासम्बन्धी खुकुलो प्रावधानका कारण नेपालमै नेपाली नागरिक अल्पमतमा पर्ने अवस्था आउनसक्ने उनको तर्क छ । अध्यक्ष केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी हालै राष्ट्रपतिबाट जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशप्रति यस्तो आपत्ति जनाएका हुन । केसीले संविधानको प्रावधान सच्याउनुपर्नेमा सत्ता टिकाउनका लागि राष्ट्रियतामाथि सौदावाजी गर्नु दूर्भाग्यपूर्ण भएको बताए। केसीले नागरिकता अध्यादेश तत्काल खारेज गर्नसमेत माग गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend