काठमाडौं । एमाले नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्धार’ रहेको टिप्पणी गरेका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहीमा परेका खनालले यस्तो बताएका हुन । आफूहरुले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारवाहीको कुनै अर्थ नहरेको भन्दै अध्यक्ष ओली गद्धार भएको बताए ।
‘ओली कम्युनिष्ट आन्दोलनका गद्धार हुन् । हामीलाई गरिएको कारवाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौँ । प्रतिनिधिसभा विघटन गर्ने उनको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौ’ खनालले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend