शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

१० महिनामा साढे ११ खर्ब व्यापार घाटा

3d rendering of red financial arrows broke concrete floor

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ ।

निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend