शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफूसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै गरेको सूचना पाए पछि माधव नेपालले गरे यस्तो निर्णय

आफूसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै गरेको सूचना पाए पछि माधव नेपालले गरे यस्तो निर्णय

काठमाडौं । एमालेले माधव नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ। शनिवार सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार आज स्पष्टीकरण पत्र पठाइने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरणको पत्र पठाउने निर्णय बैठकले गरेको थियो। जवाफ आएपछि बस्ने बैठकले कारबाहीसम्बन्धी निर्णय गर्ने सचिव तामाङले बताए। आफूसहित ११ नेतालाई स्पष्टीकरण पत्र पठाउँदै गरेको सुचना पाएका माधव नेपालले एक दैनिक पत्रिकालाई अन्तरबार्ता दिदै पार्टी खोल्ने संकेत गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend