शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीलाई धक्का दिने तयारी गदै गरेको खनाल-नेपाल समूहको आयो यस्तो संकेत

ओलीलाई धक्का दिने तयारी गदै गरेको खनाल-नेपाल समूहको आयो यस्तो संकेत

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिसकेको अवस्थामा नेपाल-खनाल समूहका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने तयारीमा रहेको संकेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि त्यसको विरोध गर्दै समूहले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन लगभग विभाजनको अवस्थामा पुगेको हो । नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको आरोप लगाएका छन् ।

ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने स्थायी कमिटीको निर्णय भएको बताउँदै नेपालले ओलीको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाए ।

त्यसैगरी केही दिनअघि गठन भएको पार्टी एकता कार्यदलको औचित्य पनि ओलीले सकाइदिएको नेपालको आरोप छ । कार्यदल बनेपछि त्यसपछिका ठूला निर्णय लिँदा सल्लाह गरेर अघि बढ्नुपर्ने तर ओलीको एकलौटी ढङ्गले निर्णय लिने स्वभाव परिवर्तन नभएको नेपालले बताए । ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको र नयाँ पार्टी खोल्न बाध्य पारेको नेपालको भनाई छ । (कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा आधारित)

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend