शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले नेता घनश्याम भुसालले दिए आफनै पार्टीका नेताको ओंठ मुख सुक्ने गरी यस्तो प्रतिक्रिया

एमाले नेता घनश्याम भुसालले दिए आफनै पार्टीका नेताको ओंठ मुख सुक्ने गरी यस्तो प्रतिक्रिया

काठमाडौं । एमालेका प्रभावशाली नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले अराजनीतिक छक्का पञ्जाको चाल चालेको आरोप लगाएका छन । उनले सत्ताधारीले ऐतिहासिक वैधता गुमाएपछि नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन्। तर, राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले नहुने समेत उनको भनाइ छ। सरकारले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि नेता भुसालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

सत्ताधारीले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ, क्रान्तिले उत्तिकै वैधता पाउँदै जाने भुसालले बताएका छन्। भुसालका अनुसार यस्तो अवस्थामा सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ ।

सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पंक्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ,’ भुसालले सामाजिक संजाल मार्फत यस्तो लेखेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend