शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली पक्षको निर्दा हराम हुने गरी विपक्षी गठबन्धनको भर्खरै आयो यस्तो कडा संयुक्त वक्तव्य

ओली पक्षको निर्दा हराम हुने गरी विपक्षी गठबन्धनको भर्खरै आयो यस्तो कडा संयुक्त वक्तव्य

काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको ठहर गरेको छ । विपक्षी गठबन्धनले उक्त कदमको डटेर घोर निन्दा र भर्त्सना गरेको छ । शनिबार बसेको बैठकले यस्तो ठहर गरेको हो । नेपालको संविधान र लोकतन्त्रमाथि प्रहार गरिएको विपक्षीको निष्कर्ष छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको राजनीति र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न आफूहरु कटिबद्ध रहेको उनीहरुले जनाएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend