सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्व श्रम स्वीकृति बन्द , मेनपावर व्यवसायी,कामदार अन्योलमा

पूर्व श्रम स्वीकृति बन्द , मेनपावर व्यवसायी,कामदार अन्योलमा

सरकारले मलेशियामा रोजगारीको लागी जाने कामदारमाथि विभिन्न बहानामा रकम लिएको भन्दै त्यस्ता संस्था बन्द गरेको छ । जसको कारण रोजगारीको लागी मलेशिया जाने कामदारको प्रक्रिया अन्योल अर्थात अनिश्चित नै बनेको छ । वैदेशिक रोजगारीमा जाने कामदार अन्योलमा छन् भने अर्को तर्फ लाखौ लगानी गरेर मेनपावर खोलेका वैदेशिक रोजगार व्यवसायी पनि अन्योलमा छन् । साथैे ठगी रोक्न भन्दै सरकारले एक सातादेखि मलेशिया जाने कामदारको पूर्व श्रम स्वीकृति रोकिएको छ ।मलेशियाको रोजगारीको बारेमा पटक पटक बिभिन्न कुरा उठदै आएका छन् । पूर्व श्रम स्वीकृति रोकिएपछि मलेसिया जाने कामदार अन्योलमा परेका छन् भने सरकारले भने यो सिण्डिकेट खारेज बाट पछाडी नहटने बताएको छ । वैदेशिक रोजगार श्रम ताहाचाल कार्यालयले केही दिन देखी पूर्व श्रम स्वीकृति वितरण नगरिएको जानकारी दिईएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व श्रम स्वीकृति रोकेको विषयमा औपचारिक निर्णय सार्वजनिक भने गरेको छैन । मन्त्रालयको निर्णयले मलेसियाको रोजगारी नै बन्द हुने कि भनेर कामदार सशंकित भएका छन् । यता पूर्व श्रम स्वीकृति मन्त्रालयले बन्द नगरेको, बरु मलेसिया जाने कामदारमाथि रहेको आर्थिक भार हटाउन सरकारीस्तरमा कूटनीतिक पहल गरिरहेका श्रम मन्त्रालयको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मलेसिया जाने कामदारमाथिको सिन्डिकेट नहेटसम्म त्यहाँ कामदार आपूर्ति नगर्ने पक्षमा रहेका मन्त्रालय भनाई छ । अव यो अन्योलका बारेमा एकलौटी डम्फु बजाउने भन्दा पनि मलेशिया सरकार संग छिटो भन्दा छिटो कुटनितीक पहल गरेर समस्याको समाधान गर्न जरुरी देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend