काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको बताएका छन । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर राजनीतिक निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् । झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको उनले बताएका छन ।
संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।’ विप्लवले फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बिप्लवको भनाई छ ।
हेर्नुहोस् विज्ञप्ति

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend