काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएका छन्।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। समसामयिक राजीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको उनले भनाई छ ।
यससँगै प्रधानमन्त्रीको दाबीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका सांसदका विषयमा पनि छलफल हुने जनाइएको छ। शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन्। यसको विपक्षी दलहरूले विरोध गरिररहेका छन्। यहि विषयमा एमालेको धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाइएको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend