काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आज सम्पूर्ण देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री तथा रास्ट्रपतिबाट मध्यरातमा संसद भङ्ग गर्ने र मध्यावधि चुनावको मिति तोक्ने दुर्भाग्यपूर्ण निर्णय गरिएको बताएकी छिन् । उनले सरकारले विभिन्न बहानामा नेपाललाई रणभूमी बनाउने षड्यन्त्र गरेको बताएकी छिन् । संसद विघटन गरेर सरकारले जनता र देशप्रति धोका दिएको उनको भनाई छ ।
“आज सम्पूर्ण देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री तथा रास्ट्रपतिबाट मध्यरातमा संसद भङ्ग गर्ने र मध्यावधि चुनावको मिति तोक्ने दुर्भाग्यपूर्ण निर्णय गरिएको छ। यसले लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानमाथि ठाडो प्रहार भएको छ । संविधानको रक्षा र पालना गर्नुपर्ने संस्था नै बारम्बार संविधानको मर्ममाथि प्रहार गर्ने र देशलाई अस्थिरताको चक्रमा लैजाने नियोजित पात्रको रुपमा प्रयोग हुनु दुःखद हो,” उनले भनेकी छिन्, “कोरोना महामारीबाट देश नै थलिएको अवस्थामा निर्वाचननको तयारी कसरी हुन सक्छ ? यो कदम केवल देशलाई द्वन्दमा लैजाने, अस्थिरता सिर्जना गर्ने र विभिन्न बहानामा नेपाललाई रणभूमी बनाउने षडयन्त्रको एउटा कडी हो ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend