काठमाडौँ । संविधानविद भीमार्जुन आचार्यले संसद विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले देश ठूलो अस्थिरतातर्फ धकेलिएको र डर लाग्दो संकेत देखीएको आचार्यको भनाइ छ ।
संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले मूलुकलाई अस्थिरतातर्फ धकेलेका छन्, आचार्यले भने, यसले मूलुकलाई नसोचेको नोक्सानी हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक संसद विघटन गरेर चुनाव घोषणा गर्नु अराजक कदम भएको पनि आचार्यले बताए ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend