काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे पदाधिकारीको बैठक बस्न लागेको हो। पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको छ। बैठक अहिले ९ बजेका लागि बोलाइएको हो, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि कांग्रेसले यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक डाकेको हो। बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमविरुद्ध कांग्रेसको रणनीति तय गरिने बताइएको छ। कांग्रेस नेताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदमको चर्को विरोध गरिरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend