शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओली–विद्या कुकर्मले संविधान खारेजगर्ने प्रपञ्च भएको भन्दै डा भट्टराईले गरे ट्विट

ओली–विद्या कुकर्मले संविधान खारेजगर्ने प्रपञ्च भएको भन्दै डा भट्टराईले गरे ट्विट

काठमाडौं । राष्ट्रपतिले मध्यरातमा संसद् विघटन गरेर मध्यावधि घोषणा गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधान मास्ने खेल भइरहेको टिप्पणी गरेका छन् ।

उनले कात्तिक २६ गते र मंसिर ३ गते चुनाव नहुने बरु संविधान मासिने भन्दै चिन्ता व्यक्त गरेका हुन् । “भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म,” उनले ट्विट गरेका छन्, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

नयाँ सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै राष्ट्रपतिले संसद् विघटन गरेर मध्यावधि घोषणा गरेकी थिइन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend