बेरोजगार यूवाहरुको बारेमा रोजगारी दिने कुरा सरकार पिछे उठने गर्छ । कहिले वेरोजगार भत्ता त कहिले शैक्षिक प्रमाणपत्रको आधारमा धितो दिने कुरा । तर जति कुरा र भाष्ण गरे पनि यूवायूवतीका समस्या जियूको तियू छन् । स्वदेशमा रोजगारीको अवसर नपाएका कारण यूवाशक्ति विदेशी मुलुकमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छन् । तर केपी शर्मा ओली नेतृत्वको सरकारले वेरोजगार यूवालाई स्वदेशमा रोजगारी दिन कार्ययोजना अगाडी सारेको छ । सरकारले आगामी वर्षको बजेटमार्फत बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो ।
यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।उनकाअनुसार अहिले मौसमी कामका लागि भारत जानेहरुलाई लक्षित गर्दै यो कार्यक्रम सुरु हुनेछ ।अब सरकारले रोजगारी नभएकाहरुलाई सय दिनका लागि आफैंले काम खोजिदिनेछ । यदि सरकारले काम दिन नसके सरकारी ढुकुटीबाटै सय दिनको पारिश्रमिक बापत तलव दिने व्यवस्था गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।अर्थमन्त्रालयका एक अधिकारीले भने यदि विपन्न बेरोजगारलाई काम दिलाउन सकिएन भने उसले राज्यबाट नै तलब पाउँछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend