काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले विपक्षी गठबन्धन सरकार गठनमा हस्ताक्षर गर्ने १२ सांसदलाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पत्र पठाएको छ । सो पक्षले आज नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको गठबन्धन सरकारलाई सहयोग गरेका सांसदहरुलाई मान्यता नदिन आग्रह गरेको हो ।
ती सांसदहरुलाई पार्टीले कारवाहीको प्रक्रिया अघि बढाइएको भन्दै उक्त हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै जसपाको ठाकुर पक्षले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पत्र पठाएको हो ।आज जसपाको ठाकुर पक्षले बनायो उपेन्द्र यादव पक्षलाई ननिल्नु न ओकल्नु !
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend