काठमाडौं । नेकपा एमालेका प्रभावशाली युवा नेता तथा सांसद योगेश भट्टराईले पार्टीको एकता जोगिएला की भनेर आफूले विपक्षीको सरकार बनाउनका लागि हस्ताक्षर नगरेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै आजको दिन आफ्नो राजनीतिक इतिहासमा कठिन दिन भएको बताएका छन् । आफ्नो यो निर्णय सही थियो वा गलत भन्ने इतिहासले मूल्यांकन गर्ने धारणा राखेका छन् ।
उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend