काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले कांग्रेस र नेपाल पक्षबीच सहमति गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन । आज हामी संग कुराकानी गर्दै नेता रिजाले अहिलेलाई नेतृत्व देउवालाई दिएर पछि चुनावी सरकारको प्रधानमन्त्री माधव नेपाललाई बनाउने गरि सहमति गर्नुपर्ने बताएका हुन ।
उनले भने, ‘ओलीले पार्टीलाई एकताबद्ध बनाउन खोजेका छैनन त्यसैले ओलीको जालमा नफस्न नेपाल खनाल पक्षका नेताहरुलाई अपील गर्दछु ।’ ओली बिनाको वृहत कम्युनिस्ट पार्टी बनाउने अभियानमा सरिक हुन उनको अनुरोध छ ।
केहीबेरमै नेपाल खनाल पक्ष सांसद हरूले राजीनामा दिने र शेर बहादुर देउवा प्रधानमन्त्री हुने निश्चित भएको भन्दै नेता रिजालले १७४ सांसद संख्या भएको नेकपालाई ३ टुक्रा बनाएर ९३ सांसद को पार्टी बनाउने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गणतान्त्रिक शक्तिहरु एक हुनुपर्ने बताए । आजै देखि ओली जस्ता तानशाही प्रधानमन्त्रीबाट देशलाई मुक्त गरिसमृद्धिको यात्रामा अघि बढ्नु पर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend