काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले बताए।
११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ। त्यही बैठकले सरकार गठनबारे निर्णय लिन्छ होला, उनले भने।
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।
जसपा सांसद प्रदीप यादवले आफूहरूलाई बैठकबारे खबर नआएको बताए।
ठाकुर-महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend