शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

 प्रमुख सचेतक गुरुङले  संसद भंग गर्ने डिजाइन भयो भन्दै दिए यस्तो प्रतिक्रिया 

 प्रमुख सचेतक गुरुङले  संसद भंग गर्ने डिजाइन भयो भन्दै दिए यस्तो प्रतिक्रिया 

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको बताएका छन् । गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीबाट संसद भंग गर्ने साथै संविधान सिध्याउने डिजाईन अन्तर्गत नयाँ सरकार गठनको आह्वान भएको बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको षडयन्त्रलाई सफल हुन नदिन संसद र संविधानका पक्षधर दलहरुले अधिकतम कोसिस गर्नुपर्ने गुरुङले बताए । ‘यो षडयन्त्रको विरोध र भण्डाफोर गर्नुका साथै संसद विघटन गर्न नदिनका साथै संविधानको रक्षाका लागि के–के उपायहरु छन त्यसबारे यो संसद र संविधानका पक्षधर दलहरुले अधिकतम् कोसिस गर्नुपर्छ,’ गुरुङले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी छन् ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend