युवराज पाण्डे,
अहिले मुलुकमा कोरोनाको महामारीले गर्दा सर्वसाधारण मानिसहरु अप्ठ्यारोमा छन् , बेसहाराजस्तै भएको अनुभव गरिरहेका छन् । बिमारी भएर अस्पताल जानुपर्ने अवस्थामा भएका मानिसहरु घरमै बसेर पीडा भोग्न विवश छन् । तर सत्तारुढ दलका नेताहरुलाई यो पीडाले पोलेको देखिदैन ( एकाथरी नेताहरुलाई प्रधानमन्त्रीलाई कसरी हटाउन र कमजोर पार्न सकिन्छ भन्ने कुराले पोलिरहेको देखिन्छ भने अर्काथरी नेताहरु सरकारमा कसरी आफ्नो वर्चस्व कायम गर्न सकिन्छ भन्नेकुरामा बढी केन्द्रित देखिन्छन् । अझ अचम्म के छ भने पहिले १५र१६ बर्ष पार्टीको नेतृत्व गरेका नेता विधि र पद्धतिको कुरा गर्दै पार्टी नेतृत्वलाई पदमुक्त गरेर आफू नेतृत्वमा पुग्ने कसरतमा छन् । बेलाबखतमा आदर्शका कुरा गरेर यिनले नेतृत्व पाए भने देश र जनताको पक्षमा केही गर्छन् कि भनेर मानिसले आशा गरेका केही कम उमेरका नेताहरुले पनि उनलाई अर्थात पहिले धेरै बर्ष दलको नेतृत्व गरिसकेका तिनै नेतालाई साथ दिइरहेका छन्, उनीहरुमा पनि अब मैले वा हामीहरुले नेतृत्व गर्छौं( तपाइहरुले आराम गर्नुस् भन्ने इच्छा र आँट देखिदैन ।
अझ अचम्म के छ भने पार्टी अध्यक्षको चुनावमा हारेका नेताले सो चुनाव जितेका नेताको कार्यकाल पुरा नहुंदै आफुलाई पराजित गर्ने नेतालाई पदच्युत गर्ने सम्मको पहल समेत विधि र पद्धतिकै नाममा गरेको देख्ने सुन्ने अवसर प्राप्त गरेका छन् मतदाता र जनताहरुले। तर कोभिडको यो महामारीसंग जुध्नका लागि आपसी विवादलाई थाती राखेर अस्पतालमा भर्णा हुनुपर्ने अवस्थाका बिमारी सबै कसरी अस्पतालमा भर्णा हुन पाउने अवस्था सुनिश्चित बनाउने, कसरी खोपको आयात सकेसम्म छिटो गरेर नागरिकहरुलाई सुरक्षित र आश्वस्त बनाउने र के कसरी बिमारीले निशुल्क वा धान्न सक्ने खर्चमा उपचार पाउने अवस्था सुनिश्चित बनाउने र सरकारले अहिले सम्म यस विषयमा के गर्नु पर्थ्यो र के गर्यो वा यसरी यो यो काम गरियोस् वा गरिनुपर्छ भन्ने आवाज सरकारको बिरोध गरिरहेको पक्षले उठाएको छैन , लाग्छ उठाउन आवश्यक ठानेको देखिदैन। अर्कातिर यसैबेलामा प्रधान मन्त्रीबाट प्रधान मन्त्री पदको शपथ लिंदा देश र जनताप्रती निष्ठावान रहि काम गर्ने प्रतिज्ञा गर्छु भन्नेकुराको उच्चारण नगरेर संविधान र कानुनको उल्लंघन भएको छ भन्ने विषयमा सम्मानित सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको समाचार पनि आएको छ। अर्कातिर दिनहुं हजारौं मानिसहरु कोरोनाबाट संक्रमीत भएको र सयौं मानिसको ज्यान गएको दुस्खद र त्रासदीपुर्ण अवस्था मुलुकले बेहोरिरहेको छ। मुलुक अप्ठ्यारो अवस्थामा छ १ यो अप्ठ्यारो अवस्था हटाउन सरकारको ठोंस र सार्थक वा परिणाममुखी अग्रसरताको जनताले प्रतीक्षा गरिरहेका छन् । (फेसबुकवाट साभार)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend