सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

यी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने

काठमाडौं‌ । सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सहमति गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग निःशुल्क उपचारका लागि सम्झौता गरेको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नस्ने भएमा उनीहरुको अस्पतालले निस्शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च मन्त्रालयले बेहोर्ने छ।

उनका अनुसार मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend